Admission Open for MTHS Program 2079/80

Admission open for Masters in Tourism and Hospitality Studies (MTHS) for the academic year 2079/80.  Tribhuvan University, Office of the Chancellor Notice releases notice for getting admission on the masters program in Tourism and Hospitality Studies. 

स्नातकोत्तर तथा अधिस्नातक तह (MA & PGD) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना 

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२२ (२०७८/०७९) को अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA) तहका केन्द्रीय विभागहरू / क्याम्पसहरू तथा विभाग / कार्यक्रमहरूमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

आवेदकहरूद्वारा भर्ना हुन चाहेको विषय तथा अध्ययन गर्न चाहेको केन्द्रीय विभाग / क्याम्पस / कार्यक्रमको नाम उल्लेख गरी यस सङ्कायको वेवसाइट www.tufohss.edu.np मा अङ्कित entrance.tufohss.edu.np dfk{mt अनलाइन आवेदन फाराम भर्न सकिने छ । यसका अलावा विद्यार्थीद्वारा आफू अध्ययनरत केन्द्रीय विभाग / क्याम्पसको नाम उल्लेख गरी http://103.175.192.139/home/ मार्फत आफ्नो रजिस्ट्रेशन गर्न सक्नेछन् भने रजिस्ट्रेशन प्रक्रिया पूरा गरिसकेका विद्यार्थीले  http://103.175.192.139/studentportal/login

प्रयोग गरी उल्लेखित निर्देशन अनुसार अनलाइन आवेदन फाराम भर्न सक्नेछन् । म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका आवेदन फाराम उपर कुनै कार्यवाही हुने छैन ।  

म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका आवेदन फाराम उपर कुनै कार्यवाही हुने छैन । यस सम्बन्धी अन्य विस्तृत विवरण यस सङ्कायको वेवसाइटबाट प्राप्त गर्न सकिने छ । 

 

आवेदनका लागि न्यूनतम योग्यताः

त्रि.वि. या त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह या सो सरहको परीक्षा उत्तीर्ण गरेका एवम् सम्बन्धित विषय समितिले निर्धारण गरेका अन्य मापदण्डहरू पूरा गरेका तथा ३ वर्षे स्नातक कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो वर्ष उत्तीर्ण भई तेस्रो वर्षको नतिजा पर्खाइमा रहेका तथा ४ वर्षे स्नातक कार्यक्रम अन्तर्गत पहिलो, दोस्रो र तेस्रो वर्ष उत्तीर्ण भई चौथो वर्षको नतिला पर्खाइमा रहेका परीक्षार्थीहरू यस प्रवेश परीक्षामा सहभागी हुन सक्ने छन् तर भर्ना हुँदा स्नातक तह उत्तीर्ण भएको शैक्षिक प्रमाण-पत्र जतिवायं रूपना पेश गर्नुपर्ने छ

आवेदन फाराम भर्ने समयावधिः

२०७९ साल पौष ०५ गतेदेखि माघ १० गते रातको १२:०० बजेसम्म ।

विलम्ब शुल्कमा आवेदन फाराम भर्ने समयावधि :

२०७९ साल माघ ११ गतेदेखि १७ गते रातको १२:०० बजेसम्म ।

आवेदन दस्तुरः १५००/- र विलम्ब दस्तुर रु. ३०००/- (आवेदकहरूले डीन कार्यालयको खाता नं. ०४५००१०००९९०४५०००००१ मा Online मार्फत आवेदन दस्तुर जम्मा गर्नु पर्ने छ र जम्मा भएको दस्तुर फिर्ता नहुने व्यहोरा समेत जानकारी गराइन्छ)

प्रवेश परीक्षा मितिः

नियमित कार्यक्रम तथा आन्तरिक स्रोतबाट सञ्चालित अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA) कार्यक्रमहरूको देहाय बमोजिम निर्धारण गरिएको छ :-

परीक्षा समय: दिउँसो १:०० बजेदेखि २:०० वा ३:०० बजेसम्म ।

प्रवेश परीक्षाको अङ्कभार १०० पूर्णाङ्कको हुने छ जसमा स्नातक तहको सम्बन्धित विषयको पाठ्यक्रमका आधारमा बहुवैकल्पिक प्रश्नहरू ५० वटा सोधिने छ । उक्त परीक्षाको उत्तीर्णाक ४० प्रतिशत हुने छ । आन्तरिक स्रोतबाट सञ्चालित स्नातकोत्तर कार्यक्रमहरूको भने सम्बन्धित विषय समितिले निर्धारण गरे बमोजिम हुने छ ।

प्रवेश परीक्षाको नतिजा प्रकाशन:

नियमित कार्यक्रमहरूको २०७९ साल माघ २४ गते र आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमहरूको २०७९ साल फागुन ०१ गते ।

विद्यार्थी भर्ना नियमित कार्यक्रमको २०७२ साल माघ २५ गतेदेखि फागुन ०६ गतेसम्म र आन्तरिक श्रोतबाट सञ्चालित कार्यक्रमहरूको २०७९ साल फागुन ०२ गतेदेखि ०८ गतेसम्म ।

कक्षा सञ्चालनः २०७९ साल फागुन १० गतेदेखि

• परीक्षा केन्द्र सम्बन्धी सूचना यस सङ्कायको website: www.tufohss.edu.np मा पछि प्रकाशित गरिने छ ।